×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावरले कमायो ८ करोड १७ लाख रुपैयाँ खुद नाफा, विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि ४.६६ प्रतिशतको बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालिका पावरले कमायो ८ करोड १७ लाख रुपैयाँ खुद नाफा, विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि ४.६६ प्रतिशतको बढोत्तरी

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिका पावरले ८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ५९.८९% ले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ११ रुपैयाँ मात्रै खुद लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४.६६% ले बढेर १८ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यता अघिल्लो वर्ष ३ लाख ५५ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ लाख रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा १४ करोड ४५ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ०८ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी