×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत नियमन आयोगले खानीखोला जलविद्युतलाई स्पष्टिकरण सोध्ने, अस्वभाविक नाफा देखाएर सेयर बजारमा व्यापक चलखेल

PRIME CA

विद्युत नियमन आयोगले खानीखोला जलविद्युतलाई स्पष्टिकरण सोध्ने, अस्वभाविक नाफा देखाएर सेयर बजारमा व्यापक चलखेल

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नभएको नाफा देखाएर लगानीकर्ताहरुलाई फसाउन खोज्ने खानीखोला जलविद्युत कम्पनीलाई विद्युत नियमन आयोगले स्पष्टिकरण सोध्ने भएको छ । आयोगले कम्पनी घाटा गएको अवस्थामासमेत अस्वभाविक नाफा देखाएर लगानीकर्तालाई फसाउन लागे पछि यस विरुद्द कम्पनीलाई स्पष्टिकरण सोध्ने भएको हो ।
यता त्यसको बोधार्थ नेपाल धितोपत्र बोर्डलाईसमेत दिइनेछ । कम्पनीले गत साता आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ३३ करोड १६ लाख रुपैयाँ नाफा र प्रतिशेयर आम्दानी ७१.२१ रुपियाँ रहेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।कम्पनीले नाफाको भएको वित्तीय विवरण प्रकाशित गरेपछि सेयर बजारमा कम्पनीको सेयरमा रुपमा वृद्धि भएको छ ।
कम्पनीले ४१ करोड ३ लाख रुपैया क्षतिपूर्ति दाबीसहितको रकमलाईसमेत नाफामा देखाएर वित्तीय विवरण प्रकाशित गरेको हो । यता आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले भने जलविद्युत कम्पनीको निश्चित वित्तीय विवरण प्रकाशित गर्ने निश्चित फम्र्याट रहेको र सोही फम्र्याट अनुसार वित्तीय विवरण प्रकाशित गर्नुपर्ने बताए । यस कम्पनीको अघिल्लो वर्षको चौंथो त्रैमासमा १५ करोड ६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: