×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पहिरोले त्रिभुवन राजपथको बाटो अवरुद्ध, बाढी आउँदा मेलम्ची–६ नेपानेका स्थानीयका घर बगे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : पहिरोले त्रिभुवन राजपथको बाटो अवरुद्ध, बाढी आउँदा मेलम्ची–६ नेपानेका स्थानीयका घर बगे

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले त्रिभुवन राजपथको सिस्नेखोलामा आएको पहिरोका कारण बाटो अवरुद्ध भएकोदेखि मेलम्ची–६ नेपानेमा अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले गए राति स्थानीयवासीकाघर बगाएकोसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

त्रिभुवन राजपथको सिस्नेखोलामा आएको पहिरोका कारण बाटो अवरुद्ध ।

मेलम्ची–६ नेपानेमा बाढीले बगाएका घर । अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले गए राति स्थानीयवासी कृष्णबहादुर थापा, भोजबहादुर थापा र दीपेश थापाको घर बगाएको हो ।

सप्तरीको राजविराजस्थित राम मन्दिरदेखि पानीट्याङ्की सडक खण्डमा बीच सडकमा नै पार्किङ गरी राखिएको मोटरसाइकल । यहाँ दैनिकरुपमा सडकको दुवैतर्फ मोटरसाइकल राखिएपछि सडकमा हिँड्ने बटुवादेखि सवारी साधनसमेत दुर्घटनाको उच्च जोखिम छ ।

हुम्लाको सदरमुकाम सिमकोट बजारमा ‘योगदान राष्ट्रका लागि’ हुम्लाद्वारा मास्क वितरण । सोही अभियानकर्मीद्वारा बजार क्षेत्रमा मास्क नगलाएकालाई मास्क वितरण गरिँदै ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दश दिनका लागि निषेधाज्ञा लागू गरिएपछि मोटरसाइकल चलाएर आएका चालकलाई नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी । दैनिकजसो सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि यस नगरपालिकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

जाजरकोटबाट तीन दिन पैदल हिँडेर जुम्ला सदरमुकाम खलङ्गा बजारमा सुपा बेच्न आएका किशोर । धान,कोदो,गहुँ र गेडागुडी केलाउन सुपा प्रयोग गरिन्छ ।

लिलाम हुन नसकेपछि कञ्चनपुर भन्सार कार्यालयमा झन्डै दुई वर्षदेखि थन्क्याएर राखिएका ३०० भन्दाबढी मोटरसाइकल ।

लमजुङ सुन्दरबजार नगरपालिकाको सुन्दरबजार नमूना अस्पतालमा बुधबार कोरोनाविरुद्धको पहिलो खोप लगाउन लामवद्ध विद्यार्थी । स्वास्थ्य कार्यालय लमजुङले १८ वर्ष पुरा गरेका दुई हजार १०० विद्यार्थीलाई कोरोनाको खोप लगाउने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी