×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ८०.५० प्रतिशतले बढाएर १३ करोड रुपैयाँ कमाउन सफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति लाइफ इन्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ८०.५० प्रतिशतले बढाएर १३ करोड रुपैयाँ कमाउन सफल

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योति लाइफ इन्योरेन्सको नाफा ८०.५०% ले बढेको छ । कम्पनीले असार मसान्तसम्म आउँदा नाफा ८०.५०% ले बढाएर १३ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यसले ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
जीवन बिमा कोषको आकार पनि ११४.१९% ले बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको ज्योतिले जनाएको छ । जुन अघिल्लो वर्षको यसै अवधिमा जीवन बिमा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ थियो ।
यस्तै यसको खुद बिमा शुल्क पनि ६५.६७% ले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा (वार्षिक), प्रतिसेयर नेटवर्थ भने १२९.३१ पैसा र जगेडा कोषमा ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी