Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँसहित २ जना सिमा प्रहरी चौकी बन्जराहाको नियन्त्रणमा

अर्थ सरोकार

काठमाडौँ । स्रोत नखुलेको पौने २ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । प्रहरीले ईशनाथ नगरपालिका–१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँसहित गौरका ३० वर्षीय सुखाडी सहनीलगायत २ जनालाई बुधबार साँझ पक्राउ गरेको जनाएको हो ।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला परेको जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK