×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बाँध बगाएपछि तुइनबाट सामान तारिँदै, परिवारको खर्च जुटाउको लागि माछा मार्दै सप्तरीका युवक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बाँध बगाएपछि तुइनबाट सामान तारिँदै, परिवारको खर्च जुटाउको लागि माछा मार्दै सप्तरीका युवक

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले महाकाली नदीमाथि निर्माणाधीन पुलका लागि तुइनको प्रयोग गरी सामान तारिँदै गरेकोदेखि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित सप्तकोशी नदीको छेउमा आफ्नो परिवारको खर्च जुटाउनका लागि माछा मार्दै गरेका युवकसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
महाकाली नदीमाथि निर्माणाधीन पुलका लागि तुइनको प्रयोग गरी सामान तारिँदै । नदीमा आएको बाढीले पुलको पूर्व तर्फको बाँध बगाएपछि तुइनमा सामान तार्नु परेको हो ।

 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित सप्तकोशी नदीको छेउमा आफ्नो परिवारको खर्च जुटाउनका लागि माछा मार्दै युवक ।

 

बाढी आएको बेला सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित सप्तकोशी नदीबाट निकालेर राखिएको दाउरा । यहाँका करीब १०० घरपरिवार यही दाउरा बेचेर आफ्नो दैनिकी गुजारा चलाउने गरेको छ ।

 

युरोपियन युनियन तथा डिसिएको आर्थिक सहयोगमा सम विकास केन्द्र (इडिसी) ले डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाका विपन्न परिवारलाई वितरण गरेको उन्नत जातका बाख्रा ।

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आएका यात्रुहरुको तथ्याङ्क राख्नका लागि सोधपुछ गर्दै सशस्त्र प्रहरी ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ चप्लेटीस्थित पाखाबाट घाँस बोकी घरतर्फ फर्कदै महिला ।

सप्तरीको राजविराजस्थित हिलाम्मे सिरहा सडक । सडक हिलाम्मे हुँदा सवारी साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको सम्भावना बढी हुने चालक बताउँछन् ।

पोखरा महानगरपालिका–६ ओमशान्ति मार्गमा विद्युतिय नयाँ तार जडान गरिँदै ।

म्याग्दीको बेनी नगरपालिका–९ जम्रेनीमा पहिरोको जोखिममा परेको घर । घरमाथिको पहिरोका कारण यहाँ दुई परिवार विस्थापित बनेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी