
- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ ।अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनिद्रान्सफर कम्पनी इजीलिंक द्रान्सफर पिटिवाइ एलटिडी संग सम्झौता गरिएको हो । उक्त सम्झौता पत्रमा इजीलिंकअष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्यसाथै इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनाल ले संयुक्त रुपमा हस्ताक्षर गरे । “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत २३ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवालाइविस्तार गरेको हो।कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गर्नु भएको छ । अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोवार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाइ लिइदै आइएको छ ।
इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अबैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेकोर विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब नेपालभरि रहेको इजीलिंक रेमिट्यान्सको ६००० भन्दा बढी सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै भुक्तानी लिन र सजिलै बैंक खातामा रकम जम्मा गर्ने सेवा कम्पनीले प्रदान गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले जानकारी गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्