काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबारमा लागेका सबैले नाफा लिन नसकेको बताएका छन् । संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री शर्माले अहिले करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड रहेको बताउँदै त्यसमा जम्मा एक सय जना जति मात्रले फाइदा लिएको बताएका हुन् । ‘अहिले इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकषिर्त भयो । यता आकषिर्त हुँदा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्यधिक मानिस सामान्य हुन् । सय जना जतिमात्रले यसको लाभ लिइरहेका छन् ।’
यस्तै पछिल्लो समय कारोबार रकमले नयाँ-नयाँ रेकर्ड बनाउँदै गएको छ । मौद्रिक नीति घोषणासँगै नेप्सेमा करिब साढे २१ अर्बको कारोबार भएको थियो । उनले एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पूँजी बजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि आफुहरुले थप प्रयास गर्नुपर्ने बताए । धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि सर्वप्रथमतः पत्राचार गरियो । त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ । सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउनेछौँ । सोअनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्नेछ ।
साथै धितोपत्र बोर्ड र नेप्सेलगायतमा देखिएका समस्याहरूको छानबिन गरी छिट्टै तथ्य बाहिर ल्याउने पनि अर्थमन्त्री शर्माले बताए । पूँजी बजारमा आम सर्वसाधारणले गरेको लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए । ‘आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ ।’ यो कुरा बारम्बार भन्दै आइरहेको छु । यहाँ पनि यो भन्न चाहन्छु ।’ उनले भने ‘अहिले अनियमिताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको याथार्थ कुरा आइसकेपछि हामी त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्