काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीको खुद नाफा १७.५९% ले बढेको छ । बैंकले गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ करोड ११ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्ष यसै अवधिमा यस कम्पनीले ३ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म यस कम्पनीको खुद ब्याज आम्दानी १३% ले बढेर ७ करोड ९७ लाख १३ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५९.६२% ले घटेर १ करोड ८४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि ४ करोड ३ लाख ४३ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेपछि खुद नाफामा १७.५९% को सुधार भएको छ ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी ५ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ २२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्