काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा मानुषीको आइपीओ बाँडफाँड भएको हो । कुल ३६ हजार ८५९ जना सर्वसाधारणले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमा ३ जनाले भने ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका हुन् ।
कुल २३ लाख ६१ हजार ८२७ जनाले कम्पनीको आइपीओमा आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
आइपीओको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर, मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।