काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा मानुषीको आइपीओ बाँडफाँड भएको हो । लगानीकर्ताले कम्पनीको आइपीको नतिजा भने ४ स्थानबाट हेर्न सक्नेछन् ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट (https://iporesult.nsmbl.com.np/?) र मेरोसेयर (http://meroshare.cdsc.com.np), मानुषी लघुवित्तको वेबसाइट (https://www.manushilbs.com/)तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
कुल ३६ हजार ८५९ जना सर्वसाधारणले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमा ३ जनाले भने ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका हुन् । कुल २३ लाख ६१ हजार ८२७ जनाले कम्पनीको आइपीओमा आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।