×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १५.४८% ले घट्यो, बिमा कोषको आकार भने १३.८७% ले बढेर ७३ करोड बढी पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १५.४८% ले घट्यो, बिमा कोषको आकार भने १३.८७% ले बढेर ७३ करोड बढी पुग्यो

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १५.४८% ले घटेर १७ करोड २५ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले २० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै कम्पनीले बिमा कोषको आकार पनि १३.८७% ले बढेर ७३ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्ष बिमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ थियो ।
साथै खुद बिमा शुल्क १.८७% ले बढेर ५९ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ७३ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी