काठमाडौं । वेष्ट फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि केही र अफिसर क्रेडिट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक र योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको मेलमा विस्तृत विवरण पठाउनु पर्नेछ ।