
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हाल ज्योति बिकास बैंक लिमिटेडमा डेपुटी सीइओ रहेका पारश राज कंडेल नेपाल राष्ट्र बैंकले आफ्नो इन्सपेक्सनका क्रममा ‘डीजीएम’ बन्न नै अयोग्य ठहर गरेको खुलासासहितको समाचार अर्थ सरोकारले प्रकाशन गरेपछि यो विषय अहिले नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रमा चर्चाको विषय बनेको छ । तत्कालीन इन्सपेक्सनका क्रममा नेपाल राष्ट्र बैंकले कंडेलको क्वालिफिकेसनमाथि प्रश्न उठाउँदै उनी डीजीएम बन्न अयोग्य भएको प्रतिवेदन तयार गरेको थियो । ‘यदी उनी योग्य थिए भने, राष्ट्र बैंकले प्रश्न किन उठायो ? यदी उनको योग्यता नपुगेर नै प्रश्न उठाएको भए के कुरामा कहाँनेर कुरा मिल्यो ? के आफुमाथि गम्भीर प्रश्न उठापछी कंडेलले तत्काल नैतिकताका आधारमा बैंकबाट राजिनामा दिनुपर्दैन ?’ बैंकरहरुबीच बहस छेडिएको छ ।
भएको के हो ?
हाम्रो बिकास बैंकलाई ज्योतिले प्राप्ति गरेपछि हाम्रो बिकास बैंकका तत्कालीन सीइओ रहेका पारश राज कंडेल ज्योतिको डेपुटी जनरल मेनेजर भएका थिए । त्यतिबेला ज्योति बिकास बैंकको कर्मचारी विनियमावलीले कंडेललाई डीजीएम हुन दिंदैनथ्यो । किनकि उनको क्वालिफिकेसन सिए मात्र हो । त्यसपछि राष्ट्र बैंकले कंडेल डिजिएम बन्न अयोग्य भएको प्रतिवेदन तयार गरिदियो । तर कंडेलले आफु हाम्रो बिकास बैंक र ज्योति बीचको प्राप्तिका क्रममा सो प्राप्तिको सम्झौता अनुसार आफुलाई ज्योतिको कर्मचारी विनियमावली नलाग्ने दाबी गरे ।
उनको सो दाबीलाई मानिदिन राष्ट्र बैंकमा राम्रै लविङ भएको ज्योतिकै उच्च तहका कर्मचारीहरुको दाबी छ । त्यसपछि उनी बैंकको डेपुटी सीइओसमेत बनाइए । उनीभन्दा धेरै सिनियर व्यक्ति बैंकमा हुँदा हुँदै उनलाई किन डेपुटी सीइओ बनाइयो भन्ने चर्चा पनि त्यतिबेला भयो । अझ उनीभन्दा सिनियरलाई तल पारेर उनलाई कामु सीइओसमेत बनाइयो । अझ अचम्मको कुरा त के छ भने उनले पाईरहेको तलव भन्दा झन्डै दोब्बर भन्दा पनि बढी तलव एक्कासी बढाएर उनलाई कामु सीइओ बनाइयो । एक जना व्यक्तिका लागि जनताले लगानी गरेको कम्पनीमा किन यस्तो ? प्रश्न यहि उठेको हो ।
ज्योतिका सूचना अधिकारी भन्छन्- ‘राष्ट्र बैंकले प्रश्न उठाएको हो, तर राष्ट्र बैंक कन्भिन्स्ड भइसक्यो’
यता ज्योति बिकास बैंकका सूचना अधिकारी रामहरि आचार्यले भने राष्ट्र बैंकले कंडेलको योग्यतामाथि प्रश्न उठाएको भएपनि राष्ट्र बैंक कन्भिन्स्ड भइसकेकाले अव यो विषयलाई उचाल्नु ठिक नहुने बताएका छन् । ‘राष्ट्र बैंकले प्रश्न उठाएको हो । तर पछी राष्ट्र बैंक नै यस विषयमा कन्भिन्स्ड भैसक्यो’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘राष्ट्र बैंक नै कन्भिन्स्ड भएपछी त सक्की गो नि !’
https://arthasarokar.com/2021/01/Paras-Rajkandel.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्