Skip to content
LAXMI SUNRISE BANK

५६ अंकले घट्यो नेप्से, सबैभन्दा धेरै गुमाए यी २० कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार नेप्से ५६.०३ अंकले घटेको छ । आज सबैभन्दा धेरै २० कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

जसमा आँखुखोला जलविद्युत कम्पनी, यूनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, रु रु जलविद्युत परियोजना, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, घलेम्दी आईड्रो, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हाईड्रईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल हाईड्रो डेभलपर्ससहित २० कम्पनी रहेका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य घटेको हो ।

यस्तै ६ कम्पनीहरुको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाखमाथिको कारोबार भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK