काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १ करोड ८८ लाख रुपैयाँ नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा भने १ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी पनि ३२.८१% ले घटेर १४ करोड ८३ लाख रुपैयाँमा सिमित भएको जनाएको छ । यस्तै सञ्चालन नाफा पनि ३९.६३% ले घटेर १० करोड ८३ लाख रुपैयाँमा झरेको छ । हाल हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म यस कम्पनीको रिटेन्ड अर्निङ भने २६ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ३३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्