
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले गाउँमै रोजगारी पाएपछि खुशी भएको बागलुङको एक परिवारदेखि मोरङको रङ्गेली नगरपालिका–८ स्थित दर्वेशाको ग्रामीण बजारमा तराईमा लोकप्रिय खाजा ‘भक्का’ बिक्रीका लागि बनाउँदै एक महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बागलुङको बरेङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणको काम गर्दै बेरोजगारको सूचिमा रहेका नागरिक । गाउँमै पाएको रोजगारीले उनीहरुको परिवारमा खुसियाली छाएको छ ।

मोरङको रङ्गेली नगरपालिका–८ स्थित दर्वेशाको ग्रामीण बजारमा तराईमा लोकप्रिय खाजा ‘भक्का’ बिक्रीका लागि बनाउँदै एक महिला ।

हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन” ।

रामपुर अङ्ग्रेजी आवासीय माविको आयोजनामा स्काउटसम्बन्धी भएको जनचेतनामूलक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

काठमाडौँमा आइतबार आयोजित ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सवाल’ साक्षात्कार कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशप्रसाद ठगुन्ना, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुुलीकुुमारी महतोलगायत ।

पर्वत ठुली पोखरीबाट पोखरा –९, शान्तिवन मार्गमा बिक्रीका लागि ल्याइएको लप्सी केलाउँदै व्यापारी । यहाँ व्यापारीले उपभोक्तालाई लप्सी डेढ केजीको रु १०० मा बिक्री गर्छन् ।

राप्ती लोकमार्गअन्तर्गत दाङको बबई नदीमा रहेको पुल । पुल सानो र जीर्ण अस्थामा रहेको छ ।

विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएको खुला प्रकृतिको झुलुङ्गे पुल । पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । बागलुङ नगरपालिकाले उक्त पुललाई गिनिज बुकमा लेखाउन निवेदन दिइसकेको छ ।

विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएको खुला प्रकृतिको झुलुङ्गे पुल । पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । बागलुङ नगरपालिकाले उक्त पुललाई गिनिज बुकमा लेखाउन निवेदन दिइसकेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित खोटाङ कृषि फार्ममा हाइटेक प्रविधि अपनाएर निर्माण गरिएको प्लाष्टिक टनेल । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले युवा कृषक गङ्गाबहादुर विश्वकर्माले हाइटेक प्रविधिको प्लाष्टिक टनेल निर्माण गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा निर्माणाधीन वडा कार्यालय भवन । पन्ध्र वडा रहेको यस नगरपालिकाको ११ वटा वडामा एउटै किसिमका कार्यालय भवन निर्माण भइरहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्