Skip to content
LAXMI SUNRISE BANK

अख्तियारले हाल्यो वन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ४ लाख ९० हजार रुपैयाँ विगो दाबी

अर्थ सरोकार

काठमाडौं । जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलमी विरुवा उत्पादन तथा खरीदमा अनियमतिता गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेलविरूद्ध जनही ४ लाख ९० हजार रुपैयाँ विगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ । यस्तै अख्तियारले तत्कालीन सहायक वन अधिकृत दिनेशप्रसाद जायसवालविरुद्ध आयोगले ३ लाख ९० हजार रुपैयाँ विगो दाबी गरेको छ ।
अख्तियारको आरोप पत्रमा जिल्ला वन कार्यालय, बारामा बाँसको कलमी विरुवा उत्पादन वा खरीद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरीद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरीद गरी छर्ने समेतको कार्यमा अनियमितता भएको उल्लेख छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK