काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कैलालीको टीकापुर बजार क्षेत्रमा स्मार्ट सिटीअन्तर्गत निर्माण भएको नालाको अवस्था हरिबिजोग भएकोदेखि पोखराको सिर्जना चोकमा पहिलोपटक निर्माण गरिएको आकाशे पुलमा सेल्फी र टिकटक बनाउन उत्साहित बनेका युवासम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कैलालीको टीकापुर बजार क्षेत्रमा स्मार्ट सिटीअन्तर्गत निर्माण भएको नालाको अवस्था । नाला निर्माण सम्पन्न भएको करीब छ महिना नपुग्दै ठाउँठाउँमा यसैगरी भत्किन थालेको छ ।
पोखराको सिर्जना चोकमा पहिलोपटक निर्माण गरिएको आकाशे पुलमा सेल्फी र टिकटक बनाउन युवा उत्साहित बन्दै ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको कुहिरोको दृश्य र पृष्ठभूमिमा दमौली बजार । मानुङकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलदेखि विद्युतगृहसम्म पानी लैजान पाइप जडान गर्दै कामदार । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित सो आयोजना रु पाँच अर्ब लगानीमा बन्दै छ ।
बागलुङ नगरपालिका–३ स्थित बोक्से खाल्डोमा गएको पहिरो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गमा पटक–पटक पहिरो जाँदा बाटो अवरुद्ध हुँदैआएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नं ८ पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि भक्तजनको भीड हुने स्थानमा महानगरपालिकाले निर्माण शुरु गरेको डेढ वर्षदेखि अलपत्र अवस्थामा आकाशे पुल । पुल अलपत्र बन्दा सडक काट्ने यात्रु भने दुर्घटनाको जोखिममा हिँड्न बाध्य छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित अरनि राजमार्गको मुख्यचोक चारदोबाटो सडक छेउमा थुपारिएको फोहोरको थुप्रो ।
आउँदै गरेको श्रीकृष्ण जन्माष्टमी पर्वका लागि घोराही– १७ कर्जाहीका थारू महिला वनबाट मालुकाको पात टिपेर घर फकिँदै । थारू समुदायले पूजाआजामा बढी मालुकाको पात प्रयोग गर्छन ।
डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा तपाईँकोे मास्क खोइ अभियानमा सहभागी डोटीका सुरक्षाकर्मी ।
कैलालीको इलाका प्रहरी कार्यालय टीकापुर वर्षात्का कारण जलमग्न । पानीको निकास नहुँदा सामान्य झरीमा पनि कार्यालय डुबानमा पर्ने गरेको छ ।