काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले आलसम्म १०५ शाखा कार्यालय, १३७ एटिएम र ३१ वटा राजस्व संकलन केन्द्रबाट आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेृवा प्र सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।