×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्ट प्रकरण : भिष्म ढुंगानाका भाई र बुहारीको नाममा पनि हजारौं कित्ता सेयर भेटियो, राजिनामा दिन दबाब

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सर्वोत्तम सिमेन्ट प्रकरण : भिष्म ढुंगानाका भाई र बुहारीको नाममा पनि हजारौं कित्ता सेयर भेटियो, राजिनामा दिन दबाब

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका भाई मणि ढुंगाना र बुहारी रोशन ढुंगानाका नाममा पनि सर्वोत्तम सिमेन्टको सेयर भेटिएको छ । आफ्नी छोरीको नाममा सिमेन्टको सेयर खरिदपछि विवादमा तानिएका ढुंगानाको भाई र बुहारीको नाममा पनि सेयर भेटिएको हो ।
अध्यक्ष ढुंगानाका भाइको नाममा सर्वोत्तमको १७ हजार ८६८ कित्ता र बुहारीको नाममा ५ हजार ८५६ कित्ता सेयर रहेको पाइएको हो । मणि ढुंगानाको अभिभावकको नाममा नन्दराज ढुंगाना र रोशन ढुंगानाको अभिभावकमा भीष्मराज ढुंगाना उल्लेख गरिएको छ।
यसअघि अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर रहेको खुलेको थियो । ढुंगानालाई सम्बन्धित निकायले बोलाएर स्पष्टीकरण सोधिसकेका छन् । तर उनले भने विवाहित छोरी नाममा सेयर खरिद गर्दा आफ्नो गल्ति नभएको जिकिर गर्दै आएका छन् ।
यता यस प्रकरणमा तानिएका नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र धितोपत्र बोर्डका संचालक चन्द्र ढकालले राजिमा दिइसकेका छन् । भाई र बुहारी कम्पनीको सेयर भेटिएपछि ढुंगानामाथि पनि राजिनामाको दबाब परेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी