×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : अविरल वर्षाका कारण सवारी नचल्दा यात्रु अलपत्र, पौवाबाट धागो बनाउन व्यस्त देउखुरीका महिला

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : अविरल वर्षाका कारण सवारी नचल्दा यात्रु अलपत्र, पौवाबाट धागो बनाउन व्यस्त देउखुरीका महिला

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अविरल वर्षासँगै शुक्रबार बिहान पहिरा जाँदा डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका– १ उदिपुर नजिकै सडक भासिनुका साथै पहिरा सडक अबरुद्ध भएपछि सवारी नचल्दा अलपत्र परेका यात्रुदेखि रोल्पा र रुकुमको जङ्गलमा पाइने जङ्गली झार (पौवा) बाट धागो बनाउँदै गरेका महिलासम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
अविरल वर्षासँगै शुक्रबार बिहान पहिरा जाँदा डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका– १ उदिपुर नजिकै सडक भासिनुका साथै पहिरा सडक अबरुद्ध भएपछि सवारी नचल्दा अलपत्र परेका यात्रु । २५ मिटर सडक भासिएको छ भने, सडक माथिबाट आएको ढुङ्गा माटा र रुढ सहितको पहिरोले १० मिटर सडक अवरुद्ध भएको छ ।

रोल्पा र रुकुमको जङ्गलमा पाइने जङ्गली झार (पौवा) बाट धागो बनाउँदै महिला ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका जगत पुन भेंडा चराउन लैजाँदै । आठ वर्ष लामो कतारको रोजगारलाई त्यागेर पुनले गाउँमै भेंडापालन गर्नुभएको हो ।

धनगढी उपमहानगरपालिका– ३ नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्र नजिकै जमेको पानीमा शुक्रबार माछा मार्दै थारू समुदाय ।

चौतारा साँगाचोकगढी नगरपालिका–१३ कोटडाँडामा परम्परागत आरनमा काम गरिँदै ।

डोटीको जोरायल गाउँपालिका–२ बिछलखोलामा आज दिउँसो आएको पहिराले जाममा परेका सवारीसाधन ।

अवैद्य रुपमा बनाएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले भेरी नगरपालिका– ४ स्थित गैरीखाली, बाठाबाडा र रानागाँउबाट जाँड बनाउने कच्चा पदार्थ ८५० लिटर, घरेलु मदिरा २५० लिटर र औषधि (मर्चा० २५ केजी बरामद गरी नष्ट गरिँदै ।

ललितपुरको सुनाकोठी सडकखण्ड कालोपत्र भएको छ महिना नहुँदै भत्किने क्रममा ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी