×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनाङको क्षतिबारे सिँचाइले ऊर्जालाई प्रतिवेदन बुझायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनाङको क्षतिबारे सिँचाइले ऊर्जालाई प्रतिवेदन बुझायो

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीलगायत योजनामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सिंचाई तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको प्रतिवेदन गण्डकी प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बुझाइएको छ ।

बाढीपहिराका कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणका लागि लागत अनुमान तयार गरिनाका साथै सिँचाइको सम्भावनासमेतको प्रतिवेदन तयार पािरएको कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिनुभयो । “एक दिनको बाढी र पहिराले धेरै क्षति पुर्यायो । विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो । गत असार १ गतेपछि पनि वर्षा नरोकिँदा बाढी आउनेक्रम जारी रह्यो । मनसुनी वर्षा सँगै मस्र्याङ्दी नदीको बाढीका कारण तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । संकलित तथ्याङ्क मन्त्रालयमा बुझाएका छौँ । छिटै समाधान हुनेमा मनाङवासीसहित हामीले पनि अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

सिँचाइ तथा खानेपानीको मुहान तथा भौतिक संरचनालाई नदीको कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन समस्या समाधानका लागि सम्बोधन गराउने प्रयत्न गरिएको प्रमुख आचार्यले बताउनुभयो । बाढीपहिराबाट बढी असर पुर्याएको नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप र दानाक्यू, चामेका तिमाङ, थान्चोक, कोतो र चामे बजार तथा ङिस्याङका भ्राताङ, पिसाङसम्मका बस्तीका साथै विद्यालय, सार्वजनिकस्थल,खानेपानी र सिँचाइका क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन र दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको हो ।

डोना खोला, धारापानी, ग्वा खोला, स्यार्कु खोला, चामे र सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । तीमध्ये नासों र चामेको पूर्णरूपमा र ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक र फोर वे पूर्णरुपमा क्षति भएको छ । भर्खरै मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि जिल्लावासीका लागि लघुजलविद्युत् नै आधारभूत ऊर्जाको स्रोत भएकाले मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञ टोली परिचालन गरी लागत र सम्भाव्यता अध्ययन गराइएको र सोहीबमोजिम योजना सञ्चालन गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

नासोंको थोंचे, घेलाञ्चोक ओडार, धारापानी र नाचे खानेपानी आयोजना तथा चामेको थान्चोक र बृहत् चामे खानेपानी आयोजनामा क्षति पुगेकाले मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएको छ भने ङिस्याङको पिसाङ, घ्यारु, खाङ्सार र ढिकुरपोखरी खानेपानी आयोजनामा पूर्ण क्षति भएको छ । खाङ्सार, ताचै, क्युपार, भ्राताङ, सब्जे र क्युबँसी सिँचाइ योजनामा बाढीले क्षति पुर्याएकाले ती योजनाको मर्मतसम्भार र पुनःनिर्माणका लागि पनि मन्त्रालयलाई जानकारी गराइएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी