काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड अन्तर्गत फाइनान्सियल सेक्टरतर्फको फर्ष्ट रनर अप लुम्बिनी बिकास बैंक लिमिटेड हुन सफल भएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेवापत फाइनान्सियल सेक्टरतर्फको फर्ष्ट रनर अपको अवार्ड लुम्बिनी बिकास बैंक लिमिटेडले प्राप्त गरेको हो । सो विधामा मुक्तिनाथ बिकास बैंक लिमिटेड उत्कृष्ट हुन सफल भएको थियो ।
आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । होटल रेडिसनमा आयोजित एक कार्यक्रमका बीच आइक्यानका अध्यक्ष सिए मदन शर्मालेसो अवार्ड प्रदान गरेका हुन् । फाइनान्सियल सेक्टरको विधामा लुम्बिनी विकास बैंक फर्ष्ट रनरअप भएको छ ।
विभिन्न ५ विधामा यो प्रदान गरिएको सो अवार्ड अन्तर्गत बैंकिङ सेक्टरको अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाएको छ भने सो विधामा नेपाल एसबिआई बैंकर फर्ष्ट रनर अप भएको छ । पब्लिक सेक्टर इन्टिटितर्फको सो अवार्ड दूरसंचार प्राधिकारणले पाएको छ भने जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ। सोहि विधा अन्तर्गत चिलिमे हाइड्रोपावर र र एनएनसीएचएल फर्ष्ट रनरअप भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्