काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले नियामकहरुले नै लगानीकर्ताहरु लुटिरहेका बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले यस्तो बताएका हुन् । साना लगानीकर्ताको हित गर्नुको सट्टा उल्टै नियामकदेखि ब्रोकरसम्मले लगानीकर्तालाई ठगेको उनको भनाई छ । प्रस्तुत छ काकासँग गरिएको यो विशेष कुराकानी :