काठमाडौँ । मन्जुश्री फाइनान्सले अर्थ सरोकार डटकमविरुद्द हालेको मुद्दामा अन्तत: सम्पादक सुरज प्याकुरेको जित भएको छ । अर्थ सरोकारले मन्जुश्री फाइनान्स लिमिटेडमा विभिन्न खालका अनियमितता भएको भन्दै फाइनान्सको आन्तरिक लेखा परिक्षणमा देखिएका कैफियका आधारमा स-प्रमाण समाचार लेखेको थियो । त्यसपछि सो कम्पनीले अदालतमा मुद्दा दया गरेको थियो ।
सो मुद्दाको प्रतिउत्तरमा सम्पादक प्याकुरेलले आफुले पत्रकारिताको सिद्दान्तअनुसारनै नीति नियममा बाधिएर समाचार लेखेको र आफुले लेखेको समाचारमा आवश्यक सबै प्रमाणहरुको भएको दाबीसहित अदालतमा मुद्दा लडेका थिए ।