Skip to content
LAXMI SUNRISE BANK

आईपीओमा अपाङ्गतालाई १० प्रतिशत हिस्सा छुट्याउन रामेछापका आङ छोङ्बा शेर्पाको माग

अर्थ सरोकार

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूका लागि साधारण सेयर (आईपीओ)मा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएकाे छ । आज मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरेका हुन् ।
सामूहिक लगानी काेष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि छुट्याइनुपर्ने उनको माग छ । आफूले उमेरमै आईपीओकाे बारेमा जानकारी नपाएको भएतापनि आधा उमेर बितेपछि यस बारेमा बुझेर सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्न खोजेको उनकाे भनाई छ ।
यता पछिल्लो  सयम आइपीओ भन्नेको संख्या ह्वात्तै बढ्दा अपाङ्गता भएका व्यक्तिहरु भने सहभागी  हुन सकेका छैनन् । सोहि विषयलाई दोहोर्याउदै उनले १० प्रतिशत हिस्सा छुट्याउन माग हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK