×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन बजार दराज र आईएमई पेबीच सम्झौता, देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भ गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अनलाइन बजार दराज र आईएमई पेबीच सम्झौता, देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भ गरिने

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन शपिङ अझ सुविधाजनक बनाएको छ । आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ । यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेशानी मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् ।

दराज जस्तै ई-वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनीबीच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक उत्पन्न भएको दराजले जनाएको छ । यस साझेदारीको उद्देश्य भने ग्राहकहरुलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई-वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो । दराजको हब बाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिर स्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । स्थान विवरण निम्नानुसार छन्ः

  •  बज्र सब रेमिट : जोरपाटी , काठमाडौँ
  • हेलो हाई कनेक्सन : जावलाखेल, ललितपुर
  •  सिम्पल सब मनि ट्रान्सफर : कोटेश्वोर, काठमाडौँ
  •  पीबी ट्राभल्स एंड टुर्स : बुद्ध चोक, पोखरा
  •  सामभावी ट्रेडर्स : बैंक अफ काठमाडौँ , बिराटनगर
  •  नीऊ बीरगञ्ज मनि ट्रान्सफर : भानु चोक , बीरगञ्ज

यी ६ स्थानहरु संगै, थप १८ वटा स्थानहरु अर्को हप्ता भित्र खोलिने कम्पनीले जानकारी दिएको छ। अद्यावधिक स्थान सूची यहाँ पाउन सकिन्छ । यसैगरि ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने छन् । पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नेछन् भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफ पोईण्टमा गई सामान छोड्न सक्नुहुन्छ। येदि दोस्रो विकल्प छनौट गरि ड्रप अफ पोईण्टमा गए, ग्राहकहरुलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरुको सबै जानकारी दिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी