×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ‘टि प्लस टु’ लागु, अब सेयर कारोबारको राफसाफ दुई दिनमै

PRIME CA

नेप्सेमा ‘टि प्लस टु’ लागु, अब सेयर कारोबारको राफसाफ दुई दिनमै

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबारदेखि सेयर कारोबारमा ‘टि प्लस टु’ लागु भएको छ । सिडिएस एन्ड क्लियरिङले धितोपत्र कारोबारलाई थप व्यवस्थित र थप सहज बनाउने लक्ष्यका साथ सेयर खरीद वा बिक्री गरेको दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको  हो । 
सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावली अनुसार कारोबार भएको दिन बाहेक दुई कार्य दिन ‘टिप्लस टू’ मा हुने व्यवस्था गरेको हो । धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने विश्वास लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: