×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ८३ हजार ५९८ कित्ता सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ८३ हजार ५९८ कित्ता सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

१६ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर लिलामीमा आज दिउँसो २ बजेससम्ममा आवेदन दिन सकिने भएको हो । कम्पनीले भदौ ८ गतेदेखि न्यूनतम ५८० रुपैयाँ भाउ राखेर सो सेयर बिक्रीमा ल्याएको थियो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी