काठमाडौं । एनएमबि क्यापिटलले भोलि बिहीबारदेखि ‘एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई म्युचुअल फन्ड बिक्रीमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरमा सो इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल १० करोड इकाईमध्ये ४०% अर्थात् ४ करोड इकाई पहिलो चरणमा जारी गर्ने क्यापिटलले जनाएको छ ।
यस्तै १४% अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १% योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । लगानीकर्ताले यसमा भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । २१ गतेसम्ममा सबै इकाई बिक्री नभएमा भदौ ३१ गतेसम्म खुला रहनेछ ।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्