काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.१८ अंकले बढेर २९७७.०२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५९ करोड ९९ लाख बढीको सेयर कारोबार भएको छ । आज ४ समूह बाहेक सबै समूहका उप-परिसूचक घटेका छन् ।
यता बुधबारको बजारमा रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस अलावा ओरेन्टल होटल, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच बुधबारको सेयर बजारमा सनराइज फस्र्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । सनराइज फस्र्ट म्युचुअल फण्डको सेयरमा यस्तो गिरावट आउँदा खानिखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ५९ करोड ९९ लाख ३६ हजार ०४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा यूनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
हेर्नुहोस् भिडियो :