×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता, स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता, स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था

Artha Sarokar

१६ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग २०७८ भाद्र १५ गते मंगलबार एक सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी