काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले मोदि गाउपालिका वडा नम्बर १ का बीमित स्वर्गीय बिनोद मल्लको परिवारलाई २० लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
कम्पनीले मृतक परिवारकै निबास पुगेर मृतक मल्लकि तिलु मल्ल र उनका बाबु लोक बहादुर मल्ललाइ उक्त रकम बराबरको चेक प्रदान गरेको हो । कार्यक्रममा मोदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गौ प्रसाद गुरुङ यूनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम, एजेन्सी म्यानेजर प्रमोद सुवेदी, एजेन्सी म्यानेजर सन्तोष मल्ल ,एजेन्सी म्यानेजर साजन मल्ल लगायत को उपस्थिति रहेको थियो ।