×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट दुई डेपुटी सीईओसहित डिजीएमले लिए स्वैच्छिक अवकाश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट दुई डेपुटी सीईओसहित डिजीएमले लिए स्वैच्छिक अवकाश

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साइन रेसुङ्गा विकास बैंकबाट दुई डेपुटी सीईओ र एक डिजिएमले स्वैच्छिक अवकाश लिएका छन् । तीन विकास बैंक मर्जर भएर बनेको साइन रेसुङ्गा विकास बैंकमा डेपुटी सीईओद्वय रहेका प्रकाश गुरुङ, पुष्करराज जोशी तथा डिजीएम सार्जन भट्टराईले स्वैच्छिक अवकाश लिएका हुन् ।
बैंककमा सिनियर कर्मचारी धेरै भएकोले बैंक सञ्चालक समितिले भिआरएस निकालेको थियो । बैंकले अवकाश लिने तिनै जना कर्मचारीलाई १८ महिनाको तलब भत्ता सुविधा तथा गाडी सुविधासमेत प्रदान गरेको छ । २ वर्षअघि मर्ज भएर साइन रेसुङ्गा विकास बैंक बनेको सो बैंकमा प्रकाश गुरुङ पूर्णिमा विकास बैंकबाट र पुष्करराज जोशी भार्गव विकास  बैंकको सीईओ रहेका थिए ।
यस्तै सार्जन भट्टराई साइनको जिएम रहेका थिए । तिनै जनाले अवकाश लिएपछि बैंकको डेपुटी सीईओमा लोकराज पनेरु मात्र रहेका छन् भने सीईओ प्रकाश पौडेलले निरन्तरता पाएका छन् । पौडेलको कार्यकाल १६ महिना मात्र बाँकी हुँदा सिनियर कर्मचारीले अवकाश लिएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी