काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईबार प्रतितोला ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ३ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।