×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीजी होल्डिंसद्धारा ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक, दुई लाख रुपैयाँ बराबरको नगद छुट पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सीजी होल्डिंसद्धारा ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक, दुई लाख रुपैयाँ बराबरको नगद छुट पाईने

२१ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउन सक्नेछन् । साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी