काठमाडौं । लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलतरत लगानीकर्ताहरुले प्रवक्तालाई देवकुमार ढकाललाई मागपत्र बुझाएर फर्किएका हुन् ।
गभर्नर अधिकारीले नियोजित रुपमा सेयर बजार घटाउने सेयर कर्जाको नीति ल्याएको उनीहरु आरोप छ । आज सोमबार शंकरदेव कलेजबाट करिब ५ सयभन्दा बढी लगानीकर्ताको समूहले राष्ट्र बैंकका गभर्नरविरुद्ध विरोध र्याली निकालेर गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका थिए ।
यद्यपी राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार निषेधित क्षेत्र भएकाले सबै लगानीकर्ताहरु राष्ट्र बैंकमा प्रवेश गर्न पाएनन् । सिमित व्यक्तिले प्रवक्तालाई मागपत्र बुझाएका हुन् । राष्ट्र बैकले मौद्रिक नीतिमा एक जना लगानीकर्ताले एउटा बैंकबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्