×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लयमा फर्कदै बजार, ४५ कम्पनीमा पोजेटिभ सर्किट लाग्दा १६१ अंकको बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लयमा फर्कदै बजार, ४५ कम्पनीमा पोजेटिभ सर्किट लाग्दा १६१ अंकको बढोत्तरी

Artha Sarokar

२१ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार लयमा फर्किएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ बिन्दुमा पुगी लयमा फर्किएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार सोमबार कुल २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ८२ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ । आज सोमबार सबै समूहका उप-परिसूचक बढेका छन् ।

सोमबारको बजारमा ४५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जसमा गरिमा विकास बैंक, राधी विद्युत कम्पनी, घलेम्दी हाईड्रो कम्पनी, महालक्ष्मी विकास बैंक, यूनाइटेड मोदी हाईड्रोपावर लगायतका कम्पनीहरु रहेको छन् । हेर्नुहोस् सोमबार  सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची:  

सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ४६ करोड ३० लाख ९१ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, आईसिएफसी फाइनान्स,एनआइसी एशिया बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी