×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन, यी ठाउँहरुबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन, यी ठाउँहरुबाट भर्न सकिने

Artha Sarokar

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले भदौ १५ गतेबाट प्रतिकित्ता १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी