×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा, यस्ता छन् सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा, यस्ता छन् सुविधा

Artha Sarokar

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साथीमार्टले ७६ औँ आउटलेट सन्चालनमा ल्याएको छ । उक्त मार्टले सुरु भएको एक बर्ष नपुग्दै मेची देखि महाकालीसम्म फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल भएर काठमाडौको केन्द्र मैतिदेवीमा ७६ औँ आउटलेट सन्चालनमा ल्याएको हो । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल) मा रहने उक्त प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

करिब ८० लाखको लगानीमा उक्त मार्ट सुरु गरिएको पोख्रेलले जानकारी दिए । स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप बिषेशता रहने छन् । आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाब पर्ने पोख्रेलको अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् । साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ ।

होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध छन् । त्यसका साथै यस अर्थीक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा आउटलेट खोलिने पोख्रेलले बताए । एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजारौ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ पोख्रेलले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी