काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो ।
बुधबार एक कार्यक्रमको बिच उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड थमन बहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा.सुमित्रा गौतमलाइ हस्तान्तरणगरेका हुन् । उत्त उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।