×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र उर्बर नेपाल पुग्दैछन् किसानको आलीमा, कृषकको जीवनस्तरमा अभिवृद्धि हुने

PRIME CA

मेगा बैंक र उर्बर नेपाल पुग्दैछन् किसानको आलीमा, कृषकको जीवनस्तरमा अभिवृद्धि हुने

अर्थ सरोकार

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

मेलम्ची । सिन्धुकोटमा स्थानिय युवा समुहको सक्रियता किसानमाझ मेगा बैंक प्रत्येक्ष रुपमा पुग्न सफल भएको छ । १५० जना युवा सम्मिलित भएर निर्माण भएको उर्बर नेपाल पब्लिक लिमिटेडले किसानको उत्पादनमा वृद्धिसँगै किसानको उत्पादन सिधै उपभोक्ता माझ पुर्याउने उद्देश्यका साथ मध्यबानेश्वर र पेप्सीकोलामा आउटलेट निर्माण गरि व्यापार गरीरहेको छ । राष्ट्रको अर्थतन्त्रलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सन्चालन यो कम्पनीको सिन्धुपाल्चोक जिल्ला कोर्डिनेट गरिरहेका किरण रायामाझी, कम्पनी अध्यक्ष सुदर्शन विक्रम कार्की, फाइनान्स डाइरेक्टर डा.निरन्जन रिजाल, उर्बर नेपालका सेयरहोल्डर र मेगा बैंकको प्रतिनिधि किसानको गाउँ, मेलम्चीमा पुगेर निवेदन भरेर आउनु भएको छ ।

सुलभ ब्याजदरका साथ कृषिमा प्राप्त हुने ऋणको लागि २१ जना किसानले निवेदन गरेका छन् भने मेगा बैंकका प्रतिनिधि प्रत्यक्ष किसानको खेत, फाराम पुगेर मुल्यांकन गरेर आएका छन् । यससँगै राष्ट्रव्यापी रुपमा किसानको सङठन गर्दै सस्तो ऋण उपलब्ध गराउन सकिने विश्वास रहेको उर्बर नेपालका अध्यक्षले बताएका छन् ।  निरन्तर बर्षा र पहिरोले बाटोमा निकै कठिनाई बेहोरेको मेलम्ची र त्यहाँका कृषकलाई यो ॠण मेगाले उपलब्ध गराउँदा र उर्बर नेपालले सहज बजारिकरण गरिदिँदा वास्तबिक कृषकको जीवनस्तरमा अभिबृद्दी हुने आसा गर्न सकिन्छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: