काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सो कार्यका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सिनर्जीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौतामा सिनर्जी पावरका तर्फबाट प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्का तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्