काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । यस कम्पनीले भदौ २० गतेदेखि सेन्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
लगानीकर्ताहरुले सबै कम्पनीमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेन्चुरीको प्रतिसेयर न्यूनतम भाउ १५० रुपैयाँ, मञ्जुश्रीको ३५० रुपैयाँ र कामना सेवाको २५० रुपैयाँ रहेको छ । लगानीकर्ताले उक्त मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ भने नक्सालस्थित बिक्री प्रबन्धकको कार्यालयमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्