बुटवल । लुम्बिनी विद्युत उद्योग प्रा.लिले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुनेछ ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि सन् १९७७ मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced (ACSR) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै advance जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको कुरा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताएका छन् ।
‘ब्राण्ड एम्बेसडरमा नियुक्त हुन अगाडीे कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल गर्यौ । वास्तवमै यस्तो advance जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” राजेश हमालले भने । अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर–ACSR/ABC केबल XLPE कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरि FRLS/Concentric/Flexible/Enamelled Winding Wires तथा एबउभच Paper Insulated Winding Wires र Strips हरुको उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ । लुम्बिनी विद्युत उद्योग लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।