×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारदेखि ज्योति विकास बैकसहित २ कम्पनीको संस्थापक सेयर लिलामीमा ल्याउँदै मुक्तिनाथ क्यापिटल, कति छ भाउ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबारदेखि ज्योति विकास बैकसहित २ कम्पनीको संस्थापक सेयर लिलामीमा ल्याउँदै मुक्तिनाथ क्यापिटल, कति छ भाउ ?

२८ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ क्यापिटलले मंगलबारदेखि २ कम्पनीको सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ज्योति विकास बैकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो ।
लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १४५ रुपैयाँ र प्रभुको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सो सेयरमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलल हात्तिसारमार्ग कमलादीमा बुझाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी