काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका-३ कैलालीकी ३२ वर्षीया जसमिन झा काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७७ फागुन ११ गते १६ लाख जरिवाना सुनाएको थियो । झालाई काठमाडौंको गहना पोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका झालाई फेसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै सोही मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्