Skip to content
LAXMI SUNRISE BANK

नर्भिक हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिवार पाठेघरको समस्या भोगिरहेकाहरुले फ्री ओपिडी लिन पाउने

अर्थ सरोकार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिवार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ (गाइने अंकोलोजिष्ट) डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् । डा.श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK