काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङ–पर्वत जोड्ने विश्वकै लामो झोलुङ्गे पुलनजिक निर्माण गरिएको पिङ्गमा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि हेलम्बु गाउँपालिका २ गणेशेबगरकी ङाजु तामाङ मेलम्चीले बगाएको आफ्नो घर (जुन बगरमा ढलिरहेको छ) नियालेर रुँदै गरेकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बागलुङ–पर्वत जोड्ने विश्वकै लामो झोलुङ्गे पुलनजिक निर्माण गरिएको पिङ्गमा रमाउँदै आन्तरिक पर्यटक ।
हेलम्बु गाउँपालिका २ गणेशेबगरकी ङाजु तामाङ मेलम्चीले बगाएको आफ्नो घर ९जुन बगरमा ढलिरहेको छ० नियालेर रुँदै । घरखेत र मिलसमेत बाढीले बगाएकाले उहाँको आँखा ओभाउन सकेको छैन । त्यो देखेर उहाँ बेलाबेलामा भक्कानिनुहुन्छ ।
पोखरा महानगरपालिका–२१ कृष्तीस्थित खेतमा रोपिएकोे धानको हरियाली दृश्य ।
मुस्ताङको मार्फादेखि म्याग्दीस्थित धौलागिरि हिमाल आरोहण गर्नआएका आरोहीका सामग्री खच्चडमा बोकाएर ढुवानी गरिँदै ।
बर्दियाको गुलरिया नगरपालिका–११, थपुवाका महिला साइकलमा बोटसहित बदाम लिएर घरतर्फ जाँदै । गुलरिया बदामखेतीको लागि उपयुक्त मानिन्छ । यहाँका किसान बदामखेतीबाट मनग्य आम्दानी गर्छन् ।
पोखरा महानगरपालिका– २१ रान्नीगाउँका कृषक पूर्णबहादुर थापा आफूले मुडामा लगाएको सिताके च्याउ खेतीबारे जानकारी दिँदै ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, कञ्चनजङ्घाको प्रवेशद्वार मानिने घुन्सावासीका घर तथा होटल ।
बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार ।